ब्राउनसुगरका दुई कारोबारी फन्दामा

ब्राउनसुगरका दुई कारोबारी फन्दामा

ब्राउनसुगरको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–१० बाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय विक्रम प्रसाईं र मेचीनगर–९ का ४४ वर्षीय सञ्जय खड्का हुन् ।

दुबैलाई हिजो बेलुकी धुलावारी प्रहरी टोलीले पक्राउ गरेको हो । अभियुक्त राईको घरको भान्सा कोठाभित्र बसिरहेको अवस्थामा दुबै जनालाई ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । दुबै विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू