प्रधानमन्त्रीको गाडी फसेको घटना छानविन गर्न समिति गठन

प्रधानमन्त्रीको गाडी फसेको घटना छानविन गर्न समिति गठन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ ।

यसै साता मोदी सवार गाडी पन्जाब, फिरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मीनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई मोदी बीच बाटोबाट फर्किएका थिए ।

प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका सुरक्षा अधिकारी विवादमा तानिएका छन् । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको छ ।

शुक्रबार मात्र सर्वोच्चले पन्जावका रजिस्ट्रार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो ।

टिप्पणीहरू