नयाँ दिल्लीको स्वर्णजयन्ती भियतनामको राजधानीमा

नयाँ दिल्लीको स्वर्णजयन्ती भियतनामको राजधानीमा

भारतका रक्षामन्त्री राजनाथ सिंह जनवरी दोस्रो साता भियतनाम जाने भएका छन् ।

नयाँ दिल्ली र हो ची मिन्ह सिटीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्ती मनाउन रक्षामन्त्री सिंह तीन दिने भ्रमणमा भियतनाम जान लागेका हुन् ।

उनको भ्रमणको एजेण्डामा सुरक्षासँग सम्बन्धित हतियार र उपकरण निर्यात एवम् तिनको तालिम र मर्मतसम्भार लगायतका संयुक्त सहकार्यलाई जोड दिने विषय प्रमुख रहेको बताइएको छ ।

भारत र भियतनाम दुबैले तत्कालीन सोभियत संघ र रुसले बनाएका रक्षा उपकरण प्रयोग गर्दै आएका छन् । यस्तै भियतनामले भारत र रुसले संयुक्त रुपमा उत्पादन गरेको ब्राह्मोस मिसाइल किन्ने चासो पनि देखाएको छ ।

टिप्पणीहरू