भारतमा पनि धमाधम बुलेट ट्रेन विस्तार

भारतमा पनि धमाधम बुलेट ट्रेन विस्तार

भारतमा थप चार वटा नयाँ बुलेट ट्रेन मार्ग बनाउने प्रस्ताव गरिएको छ । यसपछि त्यहाँ यस्तो मार्ग १२ वटा हुने छ । भारतीय रेल्वे मन्त्रालयले नयाँ वर्ष २०२२ मा चार वटा नयाँ बुलेट ट्रेन मार्गको प्रस्ताव गर्न लागेको हो । प्रस्तावबमोजिम रेलमार्ग बनेमा उत्तरपूर्वी गुवाहाटी, उत्तर पश्चिमको जम्मु र उत्तरको पटना शहर पनि नयाँ सञ्जालमा जोडिने छन् ।

भारतीय योजनामा नयाँ भारतीय एक्सप्रेस रेल्वेको निम्ति ६ सय १८ किलोमिटर लामो हैदरावाद–बैंगलोर, ८ सय ५५ किलोमिटर लामो नागपुर–वाराणसी, ८ सय ५० किलोमिटर लामो पटना–गुवाहाटी र १ सय ९० किलोमिटर लामो अमृतसर–पठानकोट–जम्मु उच्च गतिको रेल कोरिडोर बनाउने भनिएको छ ।

टिप्पणीहरू