पावर हाउसमा पानी खसाल्ने बित्तिक्कै दुई इन्जिनियर ठहरै

पावर हाउसमा पानी खसाल्ने बित्तिक्कै दुई इन्जिनियर ठहरै

सोलुखुम्बूमा निर्माण भइरहेको सोलुखोला दूधकोशी जलविद्युत आयोजना परीक्षणको क्रममा दुई जना इञ्जिनियरको ज्यान गएको छ,एक जना गम्भीर घाइते भएका छन् । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा पानी परीक्षणको क्रममा पेनस्टक पाइप बिस्फोट हुँदा ती दुईको ज्यान गएको हो ।

हिजो पेनस्टकमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उनीहरु गम्भीर घाइते भएका थिए । हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे् मेटल एण्ड मेकानिकल कम्पनीका इञ्जिनियर अछामका २६ वर्षीय सुवाषराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इञ्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभएको छ ।

पाइप बिस्फोटलगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् । बिस्फोटमा गम्भीर घाइते मोहम्मद राइनको अहिले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू