लागुऔषध ओसार्ने अभिनेता जेल जाने

लागुऔषध ओसार्ने अभिनेता जेल जाने

मुम्बई उच्च अदालतले भारतीय अभिनेता अरमान कोहलीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । लागुऔषध ओसारपसारको आरोपमा पक्राउ परेका कोहलीलाई अदालतले धरौटीमा छाड्न नमानेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले कोहलीलाई गत अगष्टमा डेढ ग्राम कोकिनसहित पक्राउ गरेको थियो । त्यही प्रकरणमा प्रहरी हिरासतमा रहेका उनलाई अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

अब उनी लागुऔषध कारोबार र ओसारपसार गरेको अभियोगबमोजिम सजाय भोग्न बाध्य भएका छन् ।

टिप्पणीहरू