भारतीय सेनामा युवा भर्ति खुल्यो

भारतीय सेनामा युवा भर्ति खुल्यो

भारतीय सेनाले आगामी वर्षको प्राविधिक स्नातक कोर्स (टेक्निकल ग्राजुएसन कोर्स) मा भर्ना हुन आह्वान गरेको छ । उसले १ सय ३५ औं टिजिसी कोर्स जुलाई २०२२ देखि शुरु हुने जानकारी दिएको छ ।

यसबारे भारतीय सेनाले आफ्नो वेबसाइट joinindianarmy.nic.in मा सबै बेलिबिस्तार उल्लेख गरेको छ । उक्त कोर्स देहरादूनस्थित भारतीय सैन्य एकेडेमी (आईएमए) मा सञ्चालन हुने बताइएको छ ।

इच्छुकहरूलाई आगामी वर्ष २०२२ को जनवरी ४ भित्र आवेदन गर्न भनिएको छ ।

टिप्पणीहरू