काँग्रेस अधिवेशन : सर्लाही १ र ४ मा मतदान, ३ मा प्रक्रिया, २ मा विवाद

काँग्रेस अधिवेशन : सर्लाही १ र ४ मा मतदान, ३ मा प्रक्रिया, २ मा विवाद

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही ४ मा अधिवेशन सुरु भएको छ । अहिले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ । गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको हो ।

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब आठ सय मतदाता रहेको जानकारी दिइएको छ ।

अमरेश र वीरेन्द्र दुबै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् । अमरेश र वीरेन्द्र पक्षबीचकै विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन ।

अहिले क्षेत्र नम्बर १ र ४ मा मतदान भइरहेको छ भने ३ मा प्रक्रिया सुरु भएको छ । क्षेत्र नम्बर ३ मा बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा भने अझै विवाद कायम छ ।

टिप्पणीहरू