भरतपुरमा पनि ‘ट्रमा इमरजेन्सी ’ सेवा

भरतपुरमा पनि ‘ट्रमा इमरजेन्सी ’ सेवा

भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । दुर्घटनाका घाइते उपचारका लागि अस्पतालले अर्थोपेडिक सर्जनको नेतृत्वमा छ शैयाको सेवा शुरु गरेको हो ।

चितवन र आसपासका जिल्लाका राजमार्ग, सडकखण्ड र भित्री सडकमा धेरै दुर्घटना हुने गर्दछन् । तर दुर्घटनाका घाइतेलाई सरकारी अस्पतालमा छिटोछरितो उपचार हुन नसकेको गुनासो आएपछि उक्त सेवा शुरु गरिएको हो ।

घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि पनि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याइएको बताइएको छ । भरतपुर अस्पताल संघीय अस्पताल भए पनि संघीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाह भइसकेको छैन ।

टिप्पणीहरू