​तागाधारीको तागत

डेढ वर्षअघि ६ पार्टी मिलेर बनेको राजपामा ८१५ जनाको केन्द्रीय कार्यसमिति र ५०४ जना उच्च जातका छन् । अध्यक्ष मण्डलमा महतोबाहेक सबै तागाधारी, वरिष्ठ नेता निर्जला राउत, रामनरेश राय, बद्री मण्डल सबै उच्च जातका ।

लक्ष्मणलाल कर्ण, रामनारायण सिंहदेखि नवलकिशोर साह, नरसिंह चौधरी, सर्वेन्द्रनाथ शुक्ला, बृखेषचन्द्रलाल, शेखर सिंह, रानी तिवारी, गोविन्द चौधरी, विजय गुप्ता, विश्वनाथ सिंह राजवंशी, सरोजकुमार यादव, अलाउद्दिन अन्सारी, राजकुमार मण्डल, मुक्तिनारायण यादव, सत्यनारायण मण्डल, रमेशप्रसाद यादव, निलम वर्मा, केशव त्रिपाठीलगायत २४ उपाध्यक्षमध्ये अधिकांश फरवार्डवाला । ३१ जना महासचिवमा ५ जना पहाडिया । ३४ सहमहासचिव, १२ जना सचिव, ५ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, ६ प्रवक्तामध्ये सबै मधेसी ।

महतोको पार्टीका १६८ मध्ये १०६ जना उच्च जातका । महेन्द्र यादवको १३१ केन्द्रीय कार्यसमितिमा ८६ जना उच्च जातका । शरत्सिंह भण्डारीको पार्टीबाट १०१ जनामध्ये ६३ जना फरवार्डवाला । अनिल झाको पार्टीबाट १६० केन्द्रीय समितिमा रहेमध्ये ११२ जना फरवार्डवाला । राजकिशोर यादवका ५० जनामध्ये ३८ जना उच्च जातका । 

टिप्पणीहरू