कुहिरो र तीव्र गतिका कारण बस खस्यो, गम्भीर घाइतेलाई हेलिकोप्टरमा लगियो

कुहिरो र तीव्र गतिका कारण बस खस्यो, गम्भीर घाइतेलाई हेलिकोप्टरमा लगियो

जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । गम्भीर घाइते तीन जनलाई हेलिकोप्टरबाट नेपालगञ्ज लैजान लागिएको छ ।

नेपालगञ्जबाट रुकुम पश्चिमको लागि हिजो साँझ छुटेको ना.६ ख २७५७ नम्बरको रात्री बसमा ३२ जना सवार थिए । बस आज बिहान २ बजे जाजरकोटको कुदुबराह चोक नजिक दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी खुमानन्द पाण्डेका अनुसार घाइते सबैलाई उपचारको निम्ति एम्बुलेन्स मार्फत नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरमार्फत नेपालगञ्ज पठाउन लागिएको छ ।

बस सडकभन्दा १ सय ५० मिटर तल खसेको छ । प्रारम्भिक अनुसन्धानबाट बिहानीपखको कुहिरो र तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

टिप्पणीहरू