​आँखामै अनुशासनको आक्रमण

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विश्वका धेरैजसो राष्ट्रमा सैन्य संगठनमाथि नागरिक कानुन आकर्षित नहुने प्रचलन हामीकहाँ पनि छ । यस्तो हुँदा अख्तियार नलाग्ने, महालेखाले आर्थिक कारोबारको खासै अनुगमन गरिरहनु नपर्ने अवस्थाभित्र कति धेरै विसंगति छन् भन्ने कुरा हामी सोच्न पनि सक्दैनौँ ।

यतिबेला सेनाको झण्डै सिंगो एउटा विभाग नै कोर्टमार्सलमा छ । कसुरका आधारमा व्यक्तिहरू अनुशासनको कारबाहीमा पर्ने गरेकै हुन् तर पूरै एउटा डफ्फा नै कोर्टमार्सलमा परेको यो सम्भवतः पहिलोचोटि हो । सैनिक अस्पतालअन्तर्गत आँखासम्बन्धी विभाग हो, यसरी शंकाको घेरामा परेको । पहिला यसका प्रमुख थिए डा.रमेश विष्ट, जो भान्जी पर्ने दीपिका रेग्मीसँग मिलेर कृषि विकास बैंकको ठगीमा संलग्न भई चैत २७ गतेदेखि जेलजीवन बिताइरहेका छन् । उनी यस्तो काण्डमा परेपछि उक्त विभागमा छिन्, प्रमुख सेनानी अनु गुरुङ । भर्ना छनोटका क्रममा आँखा कमजोर भएका मान्छेलाई पनि योग्यका रूपमा प्रमाणित गरिएबापत त्यो विभागै कोर्टमार्सलमा परेको छ । सेनाभित्रै नक्कली सर्टिफिकेटवाला पाइलटहरूको मुद्दा पनि धमाधम अगाडि बढ्दै छ ।

उता, पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री यतिबेला सैनिक अस्पताल छाउनीको विशेष कक्षमा भर्ना भएका छन् । भाइरलका कारण बिसन्चो भएपछि छाउनी पु¥याइएका उनको रगतमा अक्सिजनको कमी रहेको र त्यसले श्वासप्रश्वासमा पनि समस्या ल्याएको त्यहाँका चिकित्सकले बताएका छन् । 

त्यस्तै, सशस्त्र द्वन्द्वकालका विभिन्न घटनामा माओवादीले सेनाबाट लुट्ने गरेको ‘८१ इञ्च मोर्टार’ हतियार भारतबाट आयात हुँदै आएकोमा त्यसको उत्पादन अब नेपालमै गर्ने, ८१ इञ्चलाई बढाएर १२० बनाइने भएको छ । त्यसको उत्पादन मकवानपुरको भीमफेदीस्थित पुरानै हतियार उत्पादन कारखानालाई यसनिम्ति स्तरोन्नति गरिँदै छ । यो हतियारले लामो दूरीमा हान्ने तोपको काम गर्छ, रकेट लञ्चरजस्तो । त्यससँगै नमुना विद्यालय स्थापना, राजमार्गहरूमा पेट्रोलपम्प सञ्चालन कार्ययोजना ल्याइनुका साथै सकल दर्जालाई सैनिक ऐन, नियमावलीसहित पाँच किताब अध्ययन गर्ने गृहकार्य दिइएको छ । पहिला यौन दुराचार नियन्त्रणसम्बन्धी पुस्तक पढेर आउन भनिएको थियो । 

इटालीबाट आएको अगुस्ता कम्पनीका दुई हेलिकोप्टर काठमाडौंमा अवतरण त भए तर त्यसमा जडान गर्नुपर्ने महŒवपूर्ण पार्टपुर्जाहरूको भुक्तानी प्रक्रिया लम्बिँदा त्यसमा शयर गर्ने मौकाबाट भिआइपीहरू वञ्चित भएका छन् । 

टिप्पणीहरू