प्रधानमन्त्रीद्वारा एमाले महाधिवेशनमा जेल बस्दाको सम्झना

प्रधानमन्त्रीद्वारा एमाले महाधिवेशनमा जेल बस्दाको सम्झना

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमालेको दशौँ महाधिवेशनमा शुभकामना दिन चितवन पुग्नुभएका देउवाले नयाँ संविधानमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न नेकपा एमालेले जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उत्तारचढावका झेलेर आजको दिनमा आइपुगेको बताउँदै उहाँले निरन्तर संवादमार्फत सहकार्यमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले आन्दोलनको क्रममा जेल बस्दाको स्मरण पनि गर्नुभयो । ‘ओलीजीलगायत हामी सबै जेलमा बसेको हो । हामीले हिजोका दिनमा भोगेका दुःखलाई सम्झेर आगामी दिनमा यस्तो दुःख नपरोस भन्ने ठानेर विधि मान्ने कुरामा कुरामा ध्यान दिनु पर्दछ’, उहाँले भन्नुभयो, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयलाई संविधानमार्फत् अवलम्बन गरेका विधिद्वारा हल गर्ने र सबैले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ । नेपाली काँग्रेस यहि कुरामा प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक दलसँग सहकार्य र साझा धारणा बनाएर सरकार सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

टिप्पणीहरू