प्रधानन्यायाधीशको राजीनामा माग्नु असंवैधानिक : कानुनव्यवसायीहरुको अभियान

प्रधानन्यायाधीशको राजीनामा माग्नु असंवैधानिक : कानुनव्यवसायीहरुको अभियान

कानुनव्यवसायी हकहित संरक्षण तथा शुद्धिकरण अभियानले आज दिउँसो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

अभियानले नेपाल बार एसोसिएसनले राखेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको राजीनामा मागको विषय गैरसंवैधानिक भएको ठहर गरेको छ । उसले त्यस्तो गैरसंवैधानिक मागमा सहमति हुन नसकेपछि आगामी कार्यक्रम कसरी सञ्चालन गर्नु उपयुक्त भन्दै अन्तरक्रिया कार्यक्रम राखेको हो ।

अदालतको विद्यमान अवस्थाको समाधान निकाल्न कानुन व्यवसायीहरुसँग राय सुझाव लिन अन्तरक्रिया कार्यक्रम राखिएको अभियानले जनाएको छ ।

कार्यक्रम आज दिउँसो साढे २ बजे बिजुलीबजारस्थित होटल कार्भिनियलमा हुन लागेको हो । अभियान र नेपाल बारबीच गत मंगलबार वार्ता भएको थियो ।

वार्तामा अभियानले उठाएका केही मागका सम्बन्धमा नेपाल बार एसोसिएसन सकारात्मक भए पनि प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने विषयमा बारको अडान कायम रहेको जानकारी गराइएको थियो ।

टिप्पणीहरू