बालिका अपहरण र बलात्कारमा सैनिक संलग्न

बालिका अपहरण र बलात्कारमा सैनिक संलग्न

केही दिनअघि ललितपुरको लगनखेल आसपासबाट एउटी १३ वर्षकी बालिका अपहरणमा परिन् । उनलाई अपहरणपछि बलात्कार गरिएको थियो । १२ दिनअघि भएको उक्त घटनामा संलग्न अभियुक्तलाई प्रहरीले आज बिहान सार्वजनिक गर्दैछ ।

झण्डै एक सातादेखि उपत्यका अपराध अनुसन्धान महाशाखाले ठूलै संयन्त्र परिचालन गरेपछि बालिका बलात्कार गर्ने नेपाली सेनाका जवान भएको पत्तो लागेको हो । प्रहरीले निकै गोप्यताका साथ पत्तो लगाएको अभियुक्त र घटनालाई आज बिहानसम्म गुपचुप राखिएको छ ।

अभियुक्तलाई आज बिहान पक्रेको भनिए पनि विस्तृत जानकारी दिइएको छैन । अभियुक्त भक्तपुरका हुन् । उनी भक्तपुरबाट ललितपुरको चापागाउँसम्म पठाओमा जाने गरेको समेत दैनिकी फेला परेको छ । चापागाउँबाट लेले बसपार्कसम्म हिँडेर जाने गर्थे ।

अहिले चापागाउँ वरिपरिको होटलमा समेत उनले कुनै आमाछोरीलाई टार्गेट गरेको तथ्यसमेत जोडिएपछि उनी शंकाको घेरामा परेका थिए । तिनै जवानले ललितपुरको बंगलामुखी क्षेत्रमा बस्दै आएका सामान्य परिवारको सन्तानलाई उनले अपहरण र बलात्कार गरेका थिए ।

बालिकाका पिता चालक हुन् । बालिकाको स्वास्थ्य अवस्थाको बारेमा पनि प्रहरीले हालसम्म केही सार्वजनिक गरेको छैन ।

टिप्पणीहरू