अस्ति बेपत्ता भएकी श्रीमतीको शव सडक छेउमा

अस्ति बेपत्ता भएकी श्रीमतीको शव सडक छेउमा

रुपन्देहीमा श्रीमतीको हत्या गरेको आशंकामा श्रीमान पक्राउ परेका छन् । देवदह नगरपालिकाका हिमाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।

देवदहको एद्धार सदबनियास्थित सडक किनारमा देवदह–१२, प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो । शव फेला परेपछि हत्याको आशंकामा प्रहरीले उनकै श्रीमान ३० वर्षीय हिमाल श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

अस्ति बेपत्ता भएकी उनको शव हिजो सडक किनारमा फेला परेको थियो ।

टिप्पणीहरू