राजमार्गछेउ रेलमार्ग रनन

निजगढ–काठमाडौं दू्रतमार्ग निर्माणमा जुटेको नेपाली सेनालाई अर्बौं बजेट दिएको सरकारले एउटा माग भने पूरै बेवास्ता गरिदिएको छ । काम छिटो सक्नका लागि सेनाले गाडी किन्नुपर्ने भन्दै १६ करोड थप बजेट मागेको थियो, सार्वजनिक खरिद ऐनअनुसार नभएर ‘क्याटलग सपिङ’ अर्थात् सोझै गाडी किन्न पाउने गरी । 

यसबीच पूर्वपश्चिम रेल्वेको काम भने अघि बढ्न थालेको छ । उत्तर–दक्षिण रेलमार्ग तत्काल पूरा नहुने भए पनि भारतले सन् १९९४ मा राम–जानकी विवाह महोत्सवको अवसरमा बनाइदिएको जनकपुर–जयनगर रेल्वेलाई बर्दिबाससँग जोड्ने कामको सर्भे भइसकेको छ । र, त्यो विस्तार हुँदै चन्द्रनिगाहपुर काटेर पथलैयाको हाराहारीमा पुगेको छ । बर्दिबास–सिमरा १०८ किलोमीटरको केही समयअघि शिलान्यास भइसकेको छ । यो कोइलाबाट चल्ने नभई विद्युतीय हुनेछ । यसमा जयनगर–जनकपुर–महोत्तरी रुट जोडी लिकको लम्बाइ १ सय ६७ किलोमीटर बनाउने काम दुबै खण्डबाट शुरु भएको छ । चार अर्बभन्दा बढीको लागतमा उक्त रेलमार्ग तयार हुँदैछ । त्यसका लागि लिक बनाउने, माटो खन्ने र त्यसलाई व्यवस्थापन गर्ने प्रयोजनार्थ तीनवटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । हेटौंडा–बुटवल खण्डको सर्भे डिजाइन पनि अघि बढेको बताइन्छ ।

टिप्पणीहरू