उपभोक्ताका नाममा खाल्डो खनेर खल्ती भर्न निषेध

उपभोक्ताका नाममा खाल्डो खनेर खल्ती भर्न निषेध

शहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत् किनमेलको कार्य बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागलाई उपभोक्ता समितिमार्फत् हुने सम्पूर्ण खरिद कार्यमा तत्काल रोक लगाउने निर्णय गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ मा सार्वजनिक निर्माणका लागि खरिदका विभिन्न विधिहरु अपनाउन सकिने व्यवस्था रहेको जनाउँदै मन्त्रालयले ती विधिमध्ये उपभोक्ता समिति वा लाभग्राहीबाट निर्माण कार्य गराउने पनि एक रहेको तर यसैमा अनियमितता हुने गरेको जनाएको छ ।

युवा नेत्री रामकुमारी झाक्रीको निर्णयमा उपभोक्ता समितिबाट गराइने निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गर्न उपयुक्त हुने देखिएको समेत बताइएको छ ।

कात्तिक १४ गतेको निर्णयबमोजिम काम गर्न मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई निर्देशन दिएको छ ।

टिप्पणीहरू