मोटरसाइकलले हानेर बालिकाको प्राणान्त

मोटरसाइकलले हानेर बालिकाको प्राणान्त

सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाइकलले ठक्कर दिंदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा मोटरसाइकलले जहदा गाउँपालिका–७ की २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षिणतर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी १६ वर्षीया बर्षा साह र उनीसंगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको छ । घाइते बर्षालाई थप उपचारको लागि बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

टिप्पणीहरू