“उडन्ते कुरा नगर्न ओलीलाई आग्रह”: डा.बाबुराम भट्टराई

“उडन्ते कुरा नगर्न ओलीलाई आग्रह”: डा.बाबुराम भट्टराई

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उडन्ते कुरा नगर्न पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सुझाव दिनुभएको छ । आफ्नी छोरी पढाईका लागि बेलायत गएको भन्ने ओलीको अभिव्यक्तिमाथि टिप्पणी गर्दै डा. भट्टराईले प्रमाणित गर्न चुनौती पनि दिनुभएको छ ।

आज दिउँसो राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भूमिगत रहेका भट्टराईले कुन कमाइले आफ्ना छोराछोरी बेलायत पढाउन सम्भव भयो ? भन्दै प्रश्न उठाउनुभएको थियो । त्यसको जवाफमा भटराईले तथ्यहीन र उडन्ते कुरा नगर्न ओलीलाई भन्नुभएको हो ।

“हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको वेलासंगै गएर संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !”

ओलीको टिप्पणी आएलगत्तै ट्वीट गर्दै भट्टराईले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले उडन्ते कुरा गर्नु अशोभनीय भएको पनि बताउनुभयो ।

‘मित्र खड्गप्रसादजी,पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन,हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको वेलासंगै गएर संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !

टिप्पणीहरू