वाणिज्य बैंकको अध्यक्षमा कसरी पुगे पाठक ?

वाणिज्य बैंकको अध्यक्षमा कसरी पुगे पाठक ?

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ अध्यक्ष नियुक्त भएका छन् । यसअघि तत्कालीन रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालालाई नियुक्त गर्न नपाउँदै विवाद मच्चिएको थियो । सञ्चालक बने पनि अध्यक्ष नबन्दै उनी पदमुक्त भएका हुन् ।

अहिले नियुक्त अध्यक्ष डा. बलराम पाठक ललितपुर महालक्ष्मी नगरपालिका बासिन्दा हुन् । पुरानो घरचाहिँ चितवन भएको बताइन्छ । यसअघि उनले चितवनको रामपुरमा पढे पनि अहिले पाटन क्याम्पसमा अर्थशास्त्र पढाउँछन् ।

माओवादी केन्द्रको कोटामा पाठकलाई अर्थ मन्त्रालयले नियुक्त गरेको हो । वाणिज्य बैंकमा सञ्चालकलाई समितिको बैठकले बोर्ड अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यसपछि मात्र नेपाल राष्ट्र बैंकका गभर्नरले शपथ गराउने कानुनी प्रक्रिया हो ।

पाठक चार वर्षको लागि तोकिएका छन् । अहिले बैंकको सञ्चालक समितिमा ६ जना सदस्य छन् । पाठकबाहेक अरु सबै पुरानै हुन् ।

टिप्पणीहरू