गुडिरहेको रेलमा आगो झोसियो, चक्कु प्रहारबाट १७ घाइते

गुडिरहेको रेलमा आगो झोसियो, चक्कु प्रहारबाट १७ घाइते

जापानको राजधानी टोक्योमा रेलभित्र एक जना यात्रुले गरेको चक्कु प्रहारबाट १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार कम्तिमा दुई जनाको हत्या गर्ने उद्देश्यले २४ वर्षे ठिटोले ती सबैलाई चक्कु हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यात्रुहरुलाई जथाभावी चक्कु प्रहार गरेपछि ती युवकले गुडिरहेको रेलमा आगो झोसेका थिए । पहिले यात्रुहरुमाथि चक्कु प्रहार गरेका उनले प्रहरीले पक्रने बेलामा साथमा भएको लाइटर बालेर रेलमा आगो लगाउने प्रयास गरेका थिए ।

चक्कु प्रहारबाट घाइतेमध्ये ७० वर्षका एक जना वृद्धको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जापानमा सामान्तयाः यस्ता अपराधको घटना विश्वको तुलनामा कम हुने गर्छ ।तर, पछिल्ला केही वर्षमा जापानी समाज पनि गम्भीर खालका अपराधमा अगाडि बढेको देखिएको छ । यसअघि सन् २०१९ र २०१६ मा पनि रेलमा भएका यस्तै प्रकृतिका घटनामा केहीको ज्यान गएको थियो ।

सन् २००८ मा राजधानी टोक्योमा मानिसहरुको भीड भएको स्थानमा एक जना चालकले जथाभावी गाडी कुदाउँदा सात जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू