काठमाडौंमा चोरको बिगबिगी

काठमाडौंमा चोरको बिगबिगी

चाडबाडको सिजनमा र राजधानीमा चोरीका घटना बढेका छन् । सोही क्रममा काठमाडौं महानगरपालिका–१३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३ घर भएका ४२ वर्षीय रामप्रसाद श्रीवास्तवको कोठामा धनमाल चोरी भएको छ ।

उनको कोठाबाट ३ लाख ३७ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना हिजो दिउँसोको समयमा चोरी भएको बताइन्छ ।

उता टोखा नगरपालिका–३ रमाइलो डाँडा बस्ने कुमार शाहको घरबाट पनि विभिन्न सामान र सुनका गहना चोरी भएको छ । उनको घरबाट १ थान टेलिभिजन र सुनका विभिन्न गहना समेत गरी करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको हो ।

चोरहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू