प्रदेश नम्बर १ मा हाम्रै सरकार बन्छ : माधव नेपाल

प्रदेश नम्बर १ मा हाम्रै सरकार बन्छ : माधव नेपाल

पार्टी कामको सिलसिलामा आज मोरङ पुग्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश नम्बर १ मा पनि अब आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले मुख्यमन्त्री भीम आचार्यको सरकारलाई आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले बहिगर्मन गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा नयाँ सरकार बन्छ ।’

एक अर्को प्रश्नमा उहाँले ओली सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको बताउनुभयो ।

टिप्पणीहरू