​सोत्तर हुने पालो यिनको

केन्द्रीय सरकारलाई ७४ बहालवाला सचिवको व्यवस्थापन गर्न हम्मे–हम्मे छ । यस्तो अवस्थामा तत्कालै बढुवा हुने सहसचिवलाई कहाँ लगेर थन्क्याउने ? जस्तो वरिष्ठताका आधारमा नारायणप्रसाद बिडारी, देवराज ढकाल, केदार न्यौपाने, आनन्दराज ढकालहरू बढुवाको तयारीमा छन् । यिनको व्यवस्थापन थप झन्झटिलो बन्ने देखिँदै छ । केन्द्रमा ३० बाट मन्त्रालय २० मा झारियो । अब प्रधानमन्त्री कार्यालयमा ४, कृषि, सहकारी तथा भूमि व्यवस्थापन र उद्योग वाणिज्य तथा आपूर्तिमा तीन÷तीन सचिव रहन्छन् ।

अर्थ तथा योजना, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा तथा प्रविधि, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा, सहरी विकास आवास, खानेपानी तथा सरसफाइ, श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक न्याय र भौतिक पूर्वाधार तथा यातायातलगायत मन्त्रालयमा दुई सचिव, स्वास्थ्य तथा जनसंख्या, गृह, रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक सचिव रहन्छन् । 

उमेर हदकै आधारमा सचिवहरूले बिदाइ लिएर कुर्सी रिक्त हुन अझै दुई महिना कुर्नुपर्छ । प्रधानमन्त्री कार्यालयका सचिव शरदचन्द्र पौड्याल उमेरहदका आधारमा जेठ १६ गते बिदा हुँदै छन् । अर्थसचिव शंकर अधिकारी र महिला मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय साउन ६ गतेबाट घर जानेछन् । त्यसको ५ दिनअगावै हाल सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइराला बिदा हुनेछन् । भूपेन्द्र पौडेलले साउन १२ गतेबाट अवकाश लिनेछन् । साउनमा तीन सचिव उमेर हदका कारण बिदा हुने देखिँदै छ । 

 शिक्षासचिव मधु रेग्मीले आगामी फागुन २९ गतेसम्म जागिर खानेछन् । महालेखा नियन्त्रक रामकुमार आचार्य साउन ८ सम्म, श्रमसचिव लक्ष्मण मैनालीले मंसिर १८ सम्म जागिर खानेछन् । स्थानीय प्रशासनका विज्ञ तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलिया ०७६ साल वैशाख १४ गतेसम्म, विवादास्पद छविका सचिव अर्जुन कार्की र दीपेन्द्रनाथ शर्मा ०७६ साल साउन २२ गते घर जानेछन् । स्वास्थ्यसचिव पुष्पा चौधरी आगामी वर्ष मंसिर ६ गतेसम्म पदमा रहनेछिन् । गजेन्द्र ठाकुर, प्रेमकुमार राई, राजन खनालहरू ०७६ साल माघ २२ गतेसम्म पदमा रहन्छन् । त्यस्तै हाल प्रम कार्यालयमा रहेका महेन्द्र गुरुङ ०७६ साल कात्तिक २१ गतेसम्म रहन्छन् ।

सञ्चारसचिव केदारबहादुर अधिकारी र गृहसचिव मोहन सापकोटाको अवधि ०७७ साल असोज २२ गतेसम्म छ । युवा तथा खेलकुद सचिव महेश दाहालको कार्यकाल ०७७ साल वैशाख १९, पराराष्ट्रसचिव शंकर बैरागीको ०७७ साल असोज २२, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे ०७७ साल फागुन ८, रक्षासचिव विनोद केसी ०७७ साल जेठ २ गतेसम्म, पर्यटन सचिव कृष्ण देवकोटाले ०७६ साल साउन २३ गतेसम्म पद सम्हाल्नेछन् । 

यस्तै, विश्वनाथ ओली ०७८ वैशाख ७, मधुसूदन अधिकारी ०७८ वैशाख २४, सञ्जय शर्मा ०७८ जेठ ६, खगराज बराल ०७८ साउन २७, बेगेन्द्र शर्मा ०७८ मंसिर १४, शिशिर ढुंगाना ०७८ फागुन २० बाट घर जानेछन् । देवेन्द्र कार्की ०७९ साल जेठ ४, यामकुमारी खतिवडा ०७९ जेठ १९, महेन्द्र गुरागार्इं ०७९ असार ३, महेश्वर न्यौपानेहरू ०७९ साउन १२ गतेसम्म पदमा रहनेछन् । 
प्रधानमन्त्री कार्यालयका एक जना सचिवका अनुसार हाल तीन÷दुई सचिव रहेका मन्त्रालयबाट त्यहाँका सचिवहरू उमेद हद वा सेवा अवधिका कारण बिदा भएसँगै नयाँ सचिव लगिनेछैन । अहिले तीन÷दुई सचिवले चलाइरहेको मन्त्रालय कालान्तरमा एकै सचिवले सम्हाल्नेछन् । 

टिप्पणीहरू