​कलियुगका कृष्ण, घरबार भष्म

संस्थाको नाम छ, भ्वाइस अफ चिल्ड्रेन । अफिस सानेपाको साँचलमा । काम छ, महिला फेर्दै विदेश घुम्ने, खानपान र रमाइलो । फ्रान्ससहित १६ देशका दाताले वार्षिक ५ देखि ६ करोडसम्म खन्याउँछन् । लक्ष्य हो, संकटग्रस्त अवस्थामा रहेका बालबालिकाको उद्धार । तर, उद्धारचाहिँ युवतीहरुको बढी गर्ने काम गर्छ, यसले । यसका निर्देशक हुन्, कृष्ण थापा, अध्यक्ष गोपाल दुलाल ।

गोपाल सोझा छन्, त्यसैले सेरेमोनियल अध्यक्ष भई बसेका छन् । कृष्ण कम्बोडियामा छन् । त्यहाँ एकजना पत्रकार महिला पनि जागिरे छन् । त्यसबाहेक जागिर खोज्दै गरेका र श्रीमान्सँग अलग्गिएका महिलाहरुको आवतजावत बढी हुन्छ । तीमध्ये कोही–कोहीले जागिर त पाउँदैनन्, विदेश घुम्नचाहिँ पाउने गरेका छन् । कृष्ण नाम मात्र हैन, चरित्रसँग सुहाउँछ । दुई पत्नी छन् । जेठी छँदै कान्छी ल्याएका । त्यसबेला अस्पतालबाट जेठीको मानसिक अवस्था ठीक नभएको प्रमाणित गरेर बहुविवाह मुद्धामा जोगिएका उनको अहिले जेठीसँग कुरा मिल्यो । र, कान्छी छाड्न लागेका छन् । जेठीतिरको छोरा उच्चशिक्षाका लागि अष्ट्रेलिया पुगिसके ।

– हरिराम तण्डुकार, सानेपा

टिप्पणीहरू