हिजोको सपना,भोलिको परिकल्पना

हिजोको सपना,भोलिको परिकल्पना

विश्वमा दिन दुई गुणा,रात चौगुणाको हिसाबले प्रविधिको विकास भइरहेको छ । विकसित समाज सतप्रतिशत प्रविधिमैत्री बन्दै जान थालेको छ । २१ औं शताब्दीसम्म आइपुग्दा मानिसले आफ्ना आवश्यकता पूरा गर्न लगभग सबैजसो प्रविधिको आविष्कार गरिसकेको छ ।

तर पनि मानिसको बुध्दि र क्षमताले सोचेका थप केही उच्चतम प्रविधिको विकासमा विकसित देशहरु लागिपरेका छन् । चीन,अमेरिका, जापान,बेलायतलगायतका देशले विकसित गर्न खोजेका केही प्रविधि निकै चाखलाग्दा छन् ।

पछिल्लो परिकल्पना र भावी आविष्कारको नमूनासमेत तयार पारिएको छ । सामाजिक सञ्जालमा फेला परेको एउटा भिडियोलाई आधार मान्ने हो भने हवाइजहाजझैँ हावामा उड्ने कार,एम्बुलेन्स, दमकललगायतका साधन र प्रविधिको परिकल्पना साकार हुन अब धेरै समय नलाग्ने देखिन्छ ।

टिप्पणीहरू