“पत्रकार”सङ्ग मिल्दै पैसा उठाउने यी प्रहरी

“पत्रकार”सङ्ग मिल्दै पैसा उठाउने यी प्रहरी

कपिलवस्तुका एक कनिष्ठ प्रहरी अधिकारीमाथि संगठनको आन्तरिक सूचना बाहिर पठाएर अनुशासन तोडेको आरोप लागेको छ ।

सई गगन शाहीले हेलो सरकारमा प्रहरीविरुद्ध एकपछि अर्को उजुरी हाल्दै आएका चितवनका प्रनेश थापालाई आन्तरिक सूचना दिने गरेको दाबी गरिएको छ।

बिशेष ब्यूरोबाट आएको र सुदूर पश्चिमका प्रधानमन्त्री तथा अन्य नेताहरुसङ्ग राम्रो चिनजान रहेको भन्दै थर्काउने अनि जिल्ला प्रहरी कार्यालय चितवनमा दरबन्दी रहेका शाहीको त्यहाँ कार्यरत रहँदा प्रनेशसँग दोस्ती बढेको र आन्तरिक सूचना दिने गरेको आरोप छ ।

शाहीले दिएको सूचनाका आधारमा प्रनेशले प्रहरीविरुध्द उजुरी हाल्ने र ट्राफिक,घुमुवालगायत सबैसङ्ग बार्गेनिङ्ग गरेर पैसा उठाउने धन्दा चलाएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रमा दरबन्दी भएपनि शाही एक वर्षअघि काजमा कपिलवस्तु पुगेका थिए । उनको काज अवधि सकिए पनि हालसम्म फिर्ता पठाईएको छैन ।

भारतसँग सिमाना जोडिएकाले कपिलवस्तुलाई सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ । यस्तो संवेदनशील ठाउँमा कार्यरत प्रहरी थप जिम्मेवार,अनुशासित र प्रतिवद्ध हुनुपर्ने हुन्छ ।तर, आफ्नै कर्मचारीबाट आन्तरिक सूचना चुहिएको चर्चा हुन थालेपछि सुरक्षामा चुनौती थपिन सक्ने भन्दै गृहमा उजुरी परेको बताइन्छ ।

टिप्पणीहरू