गुह्येश्वरी नजिकै पुरुषले मेटासिड खाएको आशंका

गुह्येश्वरी नजिकै पुरुषले मेटासिड खाएको आशंका

गुह्येश्वरी नजिकै एक जना पुरुष आज मृत अवस्थामा फेला परेका छन् । उनी गौरीघाटबाट गुह्येश्वरी जाने बाटो छेउमा लडिरहेको अवस्थामा फेला परेको बताइएको छ ।

मृतक ओखलढुंगा घर भई गौरीघाट कुटिगल्ली बस्ने ५७ वर्षीय शेरबहादुर लामिछाने भएको प्रहरीले जनाएको छ । उनको साथबाट मोबाइल र नागरिकतासमेत फेला परेकोे छ ।

उक्त स्थानमा विषादी मेटासिडको रित्तो भाँडो समेत रहेकाले उनले आत्महत्या गरेको हुन सक्ने आशंका समेत प्रहरीले गरेको छ ।

टिप्पणीहरू