इन्टर्नशीपको माग गर्दै डाक्टर पढेकाहरुको धर्ना

इन्टर्नशीपको माग गर्दै डाक्टर पढेकाहरुको धर्ना

चीन गएर चिकित्साशास्त्रमा स्नातक तह अध्ययन गरि नेपाल फर्किएका विद्यार्थीहरुले सात वर्षसम्म इन्टर्नशीप पूरा गर्न नपाएको भन्दै प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले जतिसक्दो छिटो इन्टर्नशीप दिलाउनु पर्ने भन्दै आज उनीहरुले माइतीघर मण्डलामा धर्ना थालेका हुन् ।

चिकित्सकको सेता पोशाक लगाएर हातमा कालो पट्टी बाँधेर उनीहरुले बिरोध गरेका छन् । उनीहरुले सरकारको स्पष्टिकरण चाहियो, ढिलासुस्ती बन्द गर, इन्टर्नशीप तत्काल शुरु गर, पुष्टि गर्न ढिला भयो, चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गरलगायतका नारा लगाएका छन् ।

कार्यक्रममा संयोजक विष्णुदत्त दुवेदी, समुजल श्रेष्ठलगायत झण्डै ३ दर्जनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू