माओवादी तीन नेताबाट जिम्मेवारी अस्वीकार

माओवादी तीन नेताबाट जिम्मेवारी अस्वीकार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उदयपुरका तीन नेताले सह इन्चार्जको जिम्मेवारीलाई अस्वीकार गरेका छन् । यसरी जिम्मेवारी अस्वीकार गर्नेहरुमा संविधान सभाका सदस्य मणि खम्बु किराती, मोहनबहादुर खत्री (दिपक) र भीमबहादुर अधिकारी (अनिल) रहेका छन । गत २० गते विराटनगरमा बसेको एक नम्बर प्रदेश समितिको बैठकले यो जिम्मेवारी दिएको थियो । उनीहरुले जिम्मेवारी अस्वीकार गर्दै नेकपा (माओवादी केन्द्र)को तत्काल बसेको केन्द्रीय समिति र स्थायी समितिले पारित गरेको सहमति विपरित भएको आरोप लगाएका छन् । उनीहरुले फेसबुकमार्फत जिम्मेवारी अस्वीकार गर्दै एउटै व्यक्तिलाई दोहोरो तेहोरो जिम्मेवारी दिने नीतिविरुद्ध रहेको बताएका छन् । उदयपुरको सन्दर्भमा यो विज्ञप्तीले तरङ्ग सिर्जना गरेको छ भने पार्टीभित्र रहेको आन्तरिक विवाद सतहमा देखिएको छ ।

टिप्पणीहरू