भैंसी किन्न आएकाले बेहोश बनाएर लुटे,पत्रकारले उल्टै निचोरे

भैंसी किन्न आएकाले बेहोश बनाएर लुटे,पत्रकारले उल्टै निचोरे

दैलेखको भैरवी गाउँपालिकाका कलमबहादुर खत्रीको परिवारमा एकपछि अर्को बज्रपात परेको छ । केही दिनअघि भैंसी किन्न आएका मानिसले बेहोश बनाएर लुटपाट गरेको घटना नसेलाउँदै सुर्खेतका एक पत्रकारले पनि उनैसँग लाखौँ रुपैयाँ हात पारेका छन् । घटना मिलाउन सघाउने भन्दै रकम लिएर पछि पीडितलाई प्रहरी र नेताको नाममा थर्काइएको बताइन्छ ।

केही दिनअघि भैंसी किन्न आएको तीन जनाको समूहले उनी घरमा नभएको मौकामा बास मागेको र आमा,बुबा र दिदीलाई बेहोश बनाएर लुटपाट गरेको थियो । त्यो घटनाबाट पीडित परिवारको घाउमा नुन र चुक छर्किने काम भएको खत्रीले बताएका छन् ।

सुर्खेतमा सुर्खेत न्यूज २४ प्रा. लि सञ्चालन गरेका सुर्खेत न्यूज २४ डटकमका प्रकाशक धर्मेन्द्रबहादुर शाही र उनलाई साथ दिने महिला कुसुम सापकोटाले दु:ख दिएको खत्रीले बताए ।

डाक्टरहरुले खुट्टा नै काट्नुपर्नेसम्म हुनसक्ने बताएका छन् । साथै, आमाको करङ्ग पनि भाँचिएको अस्पताल स्रोतले बताएको छ ।

आफूसँग २ लाख ५० हजार नगद लिएको तर माग्दा विभिन्न खालको धम्की दिन थालेको उनको दावी छ । ठगी घटनाको बारेमा थप बुझ्न जनआस्थाले आज दिनभर प्रयास गरेको थियो । शाहीलगायत उनको अनलाइनमा सम्पर्क खोज्दा कसैसँग पनि सम्पर्क हुन सकेन । प्रायः सबैको मोबाइल बन्द गरिएको छ भने शाहीको संस्थासँग जोडिएका भीमबहादुर शाहीसँग कुरा गर्न खोज्दा उनले समेत फोन काटिदिए । उनले बारम्बार छोरालाई फोन उठाउन लगाएर घरमा बाबा हुनुहुन्न भन्ने रेडिमेड जवाफ दिन लगाए ।

खत्रीको घरमा कसरी लुटियो ? को थिए लुट्नेहरु ?

घटना भएको दिन गाउँमा भैंसी खरिद गर्न भन्दै एकाबिहानै एक जना व्यक्ति आएको बताइन्छ । उनले गाँउका सबै भैंसी खरिद गर्ने उद्देश्यले आफू आएको बताउँदै त्यस दिन बिहानको खानासमेत खत्रीको घरमा खाएका थिए ।

खाना खाएर पूरै गाउँमा भैंसी खरिद गर्न भन्दै डुलेका ती व्यक्तिसँग बेलुका अरु दुई जना खत्रीको घरमा मासु लिएर पुगे । त्यसपछि उनीहरुले रातमा बस्न बास मागेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारीअनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट भैंसी किन्न आएका भनिएका मानिसले घरमा रहेका कलम खत्रीका बुवालाई यार्चागुम्बा खान दिए भने बहिनीलाई मासुमा बेहोश बनाउने औषधी मिसाईदिए । आमालाई पानीमा त्यस्तै लठ्याउने औषधी घोलेर खुवाएपछि आनन्दसँग लुटे ।

कलम खत्रीका बुवालाई यार्चागुम्बा खान दिए भने बहिनीलाई मासुमा बेहोश बनाउने औषधी मिसाईदिए ।

उनीहरुले लुट्ने क्रममा आमालाई बारीसम्म लतार्दै लगेको कारण उनी घाइते भएको छोरा कलमले बताएका छन् । दिदी र बुवालाई भने घरमै लुटेको उनले जानकारी दिए । छोरा खत्री र प्रहरीले दिएको जानकारीलाई आधार मान्दा बास माग्न आएका मानिसहरुले लुटेर फरार भएपछि अर्को दिन नजिकैका छिमेकी खत्रीको घरमा पुग्दा सबैलाई बेहोश देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेहोश भएका खत्रीको परिवारलाई प्रहरीले तत्काल उद्धार गरेर प्रादेशिक अस्पताल पठाएको थियो ।

प्रहरी तथा पारिवारिक स्रोतका अनुसार लुटेराहरु अन्दाजी ४० देखि ५० वर्ष उमेरका पुरुष हुन् । हाल उनीहरुको हुलियाका आधारमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक इन्द्रजीत सुनारले बताए ।

प्रायः सबैको मोबाइल बन्द गरिएको छ भने शाहीको संस्थासँग जोडिएका भीमबहादुर शाहीसँग कुरा गर्न खोज्दा उनले समेत फोन काटिदिए । उनले बारम्बार छोरालाई फोन उठाउन लगाएर घरमा बाबा हुनुहुन्न भन्ने रेडिमेड जवाफ दिन लगाए ।

घटनाबारे सामाजिक सञ्जालमा लेख्ने को थिए ?

घटनालगत्तै सामाजिक सञ्जालमा एक जना व्यक्तिले नकारात्मक प्रतिक्रिया दिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ती व्यक्ति सुर्खेतका दिपक बोहोरा हुन् । उनलाई बुध्द ड्राइभिङ भन्ने स्थानबाट पक्रेर अनुसन्धानपछि हाल प्रहरीको निगरानीमा रहने गरी छाडिएको छ ।

प्रहरी निरीक्षक सुनारका अनुसार उनले सामाजिक सञ्जालमा ‘बल्ल खाइस्’ आशयको कमेण्ट लेखेका थिए । समातिएका बोहोरालाई छाडिएकोमा पीडित परिवारले आपत्ति जनाए पनि उनी प्रहरीको सम्पर्कमा रहेको प्रहरीको दाबी छ ।

घाइते आमाको अवस्था कस्तो छ ?

प्रादेशिक अस्पतालले घटना भएको दोस्रो दिन सबैलाई डिस्चार्ज गरे पनि आमाको स्वास्थ्यमा समस्या देखिएपछि पुनः प्रादेशिक अस्पताल पुर्याएको छोरा कलमले बताएका छन् । आमाको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल पुर्याउँदा लुट्ने क्रममा लागेको घाउ बल्झिएको छ । डाक्टरहरुले खुट्टा नै काट्नुपर्नेसम्म हुनसक्ने भन्दै उनलाई बताएका छन् । साथै, आमाको करङ्ग पनि भाँचिएको अस्पताल स्रोतले बताएको छ ।

हाल अस्पतालमा प्रहरी समेतको सहजीकरणमा घाइते आमाको उपचार भइरहेको प्रहरी निरीक्षक सुनारले बताए । उनका अनुसार खत्रीका बुवाको पनि मिर्गौलामा समस्या देखिएको छ ।

ठगी गर्ने पत्रकार र लुटेराहरुबारे प्रहरीले के गर्दै छ ?

खत्रीलाई ठग्ने पत्रकारको विषयमा प्रहरीमा हालसम्म उजुरी नपरेको प्रहरी निरीक्षक सुनारले बताए । उनका अनुसार घटनाबारे पीडित पक्षले अन्य इलाका कार्यालयमा ठाडो उजुरी हालेको हुनसक्छ । ठगीबारे केही थाहा नभए पनि लुटेराहरुको भने खोजी भइरहेको निरीक्षकले बताए ।

उनले हालसम्मको अनुसन्धानको बारेमा संक्षिप्त बताए, ‘लुटेराहरुले लगेका केही सरसामान कालिकोटमा फेला परेको छ ।

टिप्पणीहरू