राप्रपा चुनावमा,०४७ सालपछिका मन्त्रीको सम्पत्ति छानबिन गर्न माग

राप्रपा चुनावमा,०४७ सालपछिका मन्त्रीको सम्पत्ति छानबिन गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनमा अधिक तहमा विजयी हुने भन्दै विशेष कार्ययोजना लागू गर्ने भएको छ । उसको आज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विशेष कार्ययोजना कार्यान्वयनको निर्णय गरेको हो ।

त्यसैगरी आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा हुने राप्रपाको महाधिवेशन सफलतापूर्व सम्पन्न गर्न असोज १५ गतेभित्र प्रदेश अधिवेशन र असोज २० गतेभित्र महाधिवेशन प्रतिनिधि निर्वाचन गर्ने कार्यक्रम राखेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले फागुनमा हुने स्थानीय निर्वाचनअघि सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारसँग माग गरेको छ । त्यसैगरी, २०४७ सालपछि मन्त्री बनेका र उच्च तहमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।बैठकले अफगानिस्तानमा रहेका नेपालीको जीवन सुरक्षाको निम्ति आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै,भूतपूर्व बेलायती सैनिकको जायज माग पूरा गरिदिन नेपाल सरकार र बेलायत सरकारलाई ध्यानाकर्षणसमेत गराएको छ ।

टिप्पणीहरू