मध्यपश्चिमाञ्चल र वीपी प्रतिष्ठानका उपकुलपति बर्खास्त गरियोस् : पाँच विद्यार्थी संगठन « Jana Aastha News Online
Logo
३० श्रावण २०७९, सोमबार
|  Mon Aug 15 2022
Logo
३० श्रावण २०७९, सोमबार
|  Mon Aug 15 2022

मध्यपश्चिमाञ्चल र वीपी प्रतिष्ठानका उपकुलपति बर्खास्त गरियोस् : पाँच विद्यार्थी संगठन

प्रकाशित मिति :  २८ श्रावण २०७८, बिहीबार १९:३०


आज बसेको पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र वीपी प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिलको छैठौंले बैठकपछि जारी गरेको संयुक्त रुपमा प्रेस विज्ञप्तिमा उपकुलपतिद्वारा प्रशासनको दुरुपयोग गरी विद्यार्थीमाथि हमला गर्न लगाएर घाइते बनाइएको भन्दै उपकुलपतिलाई बर्खास्त गर्न सरकारसँग माग गरिएको छ ।

पाँच विद्यार्थी संगठनले विश्वविद्यालयको समस्या समाधान सम्बन्धमा प्रधानमन्त्री एवम् कुलपतिलाई भेटी मागपत्र बुझाउँदा उपकुलपति उत्ताउलो तरिकाले प्रस्तुत भएको आरोप समेत लगाएका छन् ।उपकुलपतिको बर्खास्तीपछि खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ती गर्नुपर्ने अडान समेत उनीहरुले राखेका छन् । त्यसैगरी नियुक्तीमा राजनीतिक दलको भागबन्डा गरिए त्यो झनै प्रत्युत्पादक हुने र विद्यार्थी आन्दोलनलाई मान्य नहुने चेतावनी संयुक्त विद्यार्थी समूहले दिएको छ ।

उनीहरुले पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारबारे उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नहरूलाई कडा कारबाही गर्न र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्न उपकुलपतिलाई समेत बर्खास्त गर्नुपर्ने माग समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !