स्मार्ट सिटीको नाममा रोक्का जग्गालाई अब के गर्ने ?

स्मार्ट सिटीको नाममा रोक्का जग्गालाई अब के गर्ने ?

काठमाडौंको कागेश्वरी मनोहरा, गोकर्णेश्वर र संखरापुर नगरपालिकाको केही भाग समेटिने गरी स्मार्ट सिटीको नाममा रोक्का राखिएको जग्गाको विषयमा संयुक्त छलफल भएको छ । आज कागेश्वरी मनोहरा नगरपालिका ५ थलीस्थित नगरपालिकाको कार्यालयमा पूर्वी क्षेत्रीय सहरी विकास आयोजनाले रोक्का राखिएको जमिनको बिषयमा छलफल चलाएको हो ।

स्मार्ट सिटी बनाउने भन्दै कागेश्वरी मनोहरा नगरपालिकाका वडाहरु १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाका वडाहरु १, २ र ४ तथा संखरापुर नगरपालिकाको वडा नम्बर ९ को केही जग्गा रोक्का राखिएकोमा प्रस्तुत ज्ञापनपत्रसहित छलफल शुरु भएको हो ।

छलफलमा तरुण दलका काठमाडौं जिल्ला सभापति कृष्णजी खड्का,कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा,नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा उपस्थितिले कागेश्वरी मनोहरा नगरपालिका तथा पूर्वी क्षेत्रीय सहरी विकास आयोजना उपसमितिलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा चार किल्ला प्रमाणित नगरी जग्गा रोक्का गरेको भन्दै गोरखापत्रमा प्रकाशित सूचना रद्द गर्नुपर्ने,आयोजनाको ब्रोसरमा जग्गाधनीले ४५ प्रतिशतसम्म लगानी गर्नुपर्ने बताइए पनि विभिन्न मिडियामा अध्यक्षले दिएको अन्तर्वार्तामा ३५ प्रतिशत भनी अन्योल सिर्जना गरेको, आफूहरुले जम्मा १५ देखि २५ प्रतिशत लगानी गर्नेलगायतका माग राखेको उल्लेख गरिएको छ ।

टिप्पणीहरू