भद्रगोल, भाँडभैलो र भष्मासुर

कार्य प्रकृतिको हिसाबले यस्तो काम त सञ्चार मन्त्रालयले गर्नुपर्ने हो तर सही गरे पर्यटन सचिवले त्यो पनि परराष्ट्र मन्त्रालयको स्वीकृति नलिइकन । परराष्ट्र मन्त्रालयबाट ०६८ सालमा जारी आचारसंहिताले यसरी नसोधी आफूखुसी सही गर्दै हिँड्न बन्देज लगाएको छ तर पर्यटन मन्त्रालयका हाकिमलाई त्यसको के पर्वाह ? त्यहीँका सहसचिव सुरेश आचार्यले भारत गएर नेपा आउने उताका विमानहरुमा एअरमार्सल राख्न दिने सम्झौतामा सही गरे । यसैमा त्यत्रो हंगामा भयो तर अर्का हाकिमको चाला त्यही छ ।

एअरपोर्ट सुधारको ठेक्कामा गडबडी भएर ठेकेदार फिर्ता गइसक्यो । यता, जहाज किन्ने निर्णय छ तर सचिवको कुरै बेग्लै– उनी एकै लटमा चीन, स्पेन, अस्ट्रेलिया र रसिया घुम्ने गरी प्याकेज प्रोग्राम बनाउँदै छन् ।

टिप्पणीहरू