दारुको जोशमा भाइको हत्या

दारुको जोशमा भाइको हत्या

बाँकेमा आफ्नै भाइलाई कुटेर मार्ने दाजु समातिएका छन् । ३८ वर्षीय भाइ गणेश सुनारलाई कुटेर मारेको अभियोगमा खजुरा गाउँपालिका–२ एल गाउँका ४० वर्षीय गुमान सुनार हिजो साँझ समातिएका हुन् ।

मादक पदार्थ सेवन गरी भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भएर घरमै बसेका गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । भाइमारा दाजु गुमानलाई ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरले पक्राउ गरेको हो ।

टिप्पणीहरू