‘प्रधानन्यायाधीश मूर्दावाद’ भन्दै कलंकीमा मसाल जुलुश
![‘प्रधानन्यायाधीश मूर्दावाद’ भन्दै कलंकीमा मसाल जुलुश](https://janaaastha.prixacdn.net/media/albums/216196402_781078042569319_9127821705742778043_n_ci8mlVGCZC.jpg)
सर्वोच्च अदालतको आजको फैसलाविरुध्द कलंकीमा मसाल जुलुश निकालिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघ केन्द्रीय समितिले मसालसहित निकालेको जुलुसमा सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा विरुद्ध चर्का नारालगाइएको थियो ।
साँझ सवा ८ बजे निर्दलीय फैसलाको विरुद्ध भन्दै निकालिएको जुलुशको नेतृत्व संघका केन्द्रीय सदस्य ईश्वरराज लोहनीले गरेका थिए ।
प्रदर्शनकारीले मसाल जुलुससँग सर्वोच्चको फैसला फिर्ता गर, चोलेन्द्रसमशेर मूर्दावादलगायतका नारा लगाएका हुन् ।
टिप्पणीहरू