प्रधानमन्त्री भोलि बालकोटको लागि बिदा हुने,महेश बस्नेत र राष्ट्रपतिवीच भेट्वार्ता जारी

प्रधानमन्त्री भोलि बालकोटको लागि बिदा हुने,महेश बस्नेत र राष्ट्रपतिवीच भेट्वार्ता जारी

प्रधानमन्त्री केपी ओली राष्ट्रपतिसङ्ग गम्भीर परामर्शपछि भर्खर बालुवाटार फर्कनुभएको छ । उहाँ एमाले महासचिव इश्वर पोख्रेलसङ्गै शीतल निवास जानुभएको थियो । केही समय अघि सर्वोच्चको संबैधानिक इजलासमा बसेर प्रतिनिधि सभा ब्युँताउने न्यायमूर्तिहरुलाई घाँस खाने र सेटिङ्गवाला भनी सार्वजनिक टिप्पणी गरेर युवाहरूको बिरोध प्रदर्शनमा सहभागिता जनाएका युवा नेता महेश बस्नेत अहिले राष्ट्रपतिसङ्ग भेटघाटमा हुनुहुन्छ ।

प्रधानमन्त्रीले बालुवाटार फर्केर परिवारजन,कर्मचारी र सुरक्षाकर्मीलाई भोलि निजी निवास बालकोट सर्नेगरी सामान प्याकिङ्ग गर्न निर्देशन दिनुभएको छ । स्थायी समितिको बैठकमा भाग लिएर भोलि दिउँसो बालुवाटारबाट बिदा हुने तयारी रहेको श्रोतले जनाएको छ ।

टिप्पणीहरू