बीपी प्रतिष्ठानको भ्रष्टाचारविरुध्द विद्यार्थीहरुको प्रदर्शन जारी

बीपी प्रतिष्ठानको भ्रष्टाचारविरुध्द विद्यार्थीहरुको प्रदर्शन जारी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध विद्यार्थीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुध्दिकरण अभियान २०७८, को आयोजनामा भद्रकालीमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा नारायण वाग्ले,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चौथो वर्षमा अध्यनरत प्रशान्त राई, विवेकशील पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीलगायतको सहभागिता थियो ।

“फुटबलमा झेली गरे रेडकार्ड राजनीतिमा झेली गरे नियुक्ति, सिंहदरबार कता फर्केको छ ?”

सहभागीहरुले बोकेका प्लेकार्डमा विभिन्न प्रतिष्ठान तथा विश्व विद्यालयहरुमा नातावाद,कृपावादको आधारमा हुने नियुक्ति तत्काल बन्द गर,फुटबलमा झेली गरे रेडकार्ड राजनीतिमा झेली गरे नियुक्ति, सिंहदरबार कता फर्केको छ ?, कर तिर्ने नागरिक,कमिसन खाने भिसी र अन्य पदाधिकारी लेखिएका नारा लेखिएको थियो ।

टिप्पणीहरू