पूर्वराजाको जन्मोत्सव,एक थरि गेटमै रोकिए

पूर्वराजाको जन्मोत्सव,एक थरि गेटमै रोकिए

मातृभूमि संरक्षण नेपालले वसन्तपुरमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मोत्सव मनाएको छ । शाहको सुस्वास्थ एवम् दीर्घायुको निम्ति शुभकामना आदानप्रदान गर्दै संस्थाले जन्मदिवस मनाएको हो ।

कार्यक्रममा संस्थाका संयोजक राजन महर्जन,पुनर्उत्थानवादीका संयोजक शेखरजङ्ग रायमाझी, नेपाली अभियान नागरिक परिवारका राष्ट्रिय संयोजक,सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठलगायतको उपस्थिति थियो ।पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि अहिलेको माहोलमा आफूले यो वर्ष जन्म दिन नमनाउने घोषणा गर्नुभएको थियो ।यसैबीच पूर्वराजालाई शुभकामना दिन निर्मल निवास पुगेको एउटा टोलीलाई गेट बाहिरै रोकिएको छ । शुभकामना दिन गएको टोलीको तर्फबाट गेटबाटै संयोजक चन्द्रबहादुर रामदाम र उपसंयोजक लक्ष्मी मल्लले शुभकामना दिएका थिए ।

टिप्पणीहरू