सेनाले पुर्यायो सिन्धुपाल्चोकको विकट क्षेत्रमा राहत सामग्री

सेनाले पुर्यायो सिन्धुपाल्चोकको विकट क्षेत्रमा राहत सामग्री

नेपाली सेनाले विपद्को समयमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी र वितरण गर्दै आएको छ । सो क्रममा हालै गएको बाढी र पहिरोका कारण विस्थापित र प्रभावित सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरी थाङपाल र जुगल गाउँपालिकाका विकट स्थानमा राहत सामग्री ढुवानी गरेको बताइएको छ ।

सेनाका अनुसार असार १ गते गएको बाढीका कारण प्रभावित सिन्धुपाल्चोकका विकट स्थानमा हेलिकोप्टरबाट राहत सामग्री ढुवानी र वितरण गरेको विवरण हालै सार्वजनिक गरेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरमार्फत् ढुवानी गरि स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।जसमा पाँचपोखरीको थाङ्गपाल गाउँपालिका ३, सुनचौरमा जस्तापाता ५२ बण्डल, मेलम्चीको घ्याङ्गमा ३ सय ५० लिटर डिजेल तथा २ हजार ८ सय केजी खाद्यान्न पुर्याइएको छ ।तेम्बाथानमा १६ सय केजी खाद्यान्नलगायत औषधि तथा मेडिकल सामान ढुवानी भएको पनि नेपाली सेनाले जनाएको छ ।

टिप्पणीहरू