हाकिमहरू एकैचोटि किन विदेशतिर हुरुरु ?

संसदको अर्थ समितिले अर्को आदेश नभएसम्म प्रक्रिया अघि नबढाउन तीन महिनाअघि दिएको निर्देशन र आफ्नै पूर्व निर्णयलाई लत्याउँदै एनसेलको विवादास्पद फाइल अघि बढाउने राष्ट्रैंकका हाकिमहरु विदेशतिर रमाएका छन् ।

भदौ २६ गते नेपाल राष्ट्र बैंकले दिएको स्वीकृतिबमोजिम भोलिपल्ट इन्भेष्टमेण्ट बैंकमार्फत् ८ अर्ब ८० करोडमध्ये ८ अर्ब ३६ करोड एनसेलले विदेश ओसारेसँगै लोकमान सिंह कार्की असोज पहिलो साता क्यानाडा हान्निएका थिए । १० करोड भागशान्तिमा खर्च र केन्द्रीय बैंकको भागमा २ करोड परेपछि गभर्नर चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको नाममा असोज तेस्रो साता अमेरिकाको वासिंगटन डिसी पुगेर टिकाको दिन काठमाडौं आइपुगे । डेपुटी गभर्नर शिवराज श्रेष्ठ गभर्नरले नचाहँदा नचाहँदै पनि टिकाको पर्सिपल्ट पेरिस उडेर कात्तिक पहिलो साता दोहा हुँदै काठमाडौं फर्किए । उता विदेशी मुद्रा विनिमय विभागका निर्देशक भीष्मराज ढुंगाना चाहिँ परिवारसँग दशैं–तिहार मनाएर हिजोदेखि कार्यालय आउन थालेका छन् ।

यसरी ठूलो रकमको विवादास्पद फाइललाई अघि बढाएसँगै गभर्नरलगायत एनसेलको फाइलमा दस्तखत ठोक्ने ठूला व्यक्तिहरुले यहि बीचमा एकैसाथ गरेको विदेश भ्रमणले आमजनताको शंकालाई थप बलियो बनाएको छ ।

गभर्नर नेपालले डेपुटीलाई पेरिस पठाउन पटक–पटक आनाकानी गरेका थिए । तर, श्रेष्ठले एकाएक कानुन मन्त्रालयबाट गभर्नर नेपालको टेबलमा रहेको फ्याक्समा दशैं बिदा हुनु एक दिनअघि पत्र झारिदिए । मुद्रा शुद्दीकरणसम्बन्धी कार्यक्रममा डेपुटीलाई नै पठाउनुपर्ने व्यहोराको पत्र तत्काल प्रेषित गर्न कानुन मन्त्रालयलाई पनि टंगालले नै ठाडो आदेश गरेपछि श्रेष्ठ पेरिस गएर आफ्नो भागको सबै बन्दोबस्त मिलाउने परिपञ्च मिलेको थियो । अब, अर्को नयाँ बहानामा बैंकले अजय सुमार्गीको रोकिएको झण्डै १० करोड रुपैयाँलाई स्वीकृसत दिएमा पनि अचम्म मान्नुपर्ने छैन ।

टिप्पणीहरू