हल्लैहल्ला, कतिञ्जेल चल्ला ?

कामको त सिन्को भाँचिएको छैन, तर हल्लाचाहिँ मज्जाले चलाएका छन्, स्वास्थ्य मन्त्री गगन थापाले । शपथलगत्तै कसैलाई पनि सरुवा नगर्ने, केही गर्नुपरे समूह नमिलेकोलाई मात्र गर्ने भनेका थिए । तर, समूह नमिलेको ठाउँमा पुनः समूह नमिल्नेलाई नै ल्याएर सरुवा गरे । जस्तै, नीतियोजना महाशाखामा हेल्थ इन्फेक्सन समूहका महेन्द्र श्रेष्ठलाई हटाएर त्यही समूहका भोगेन्द्र डोटेल । यो त्यस्तो शाखा हो, जहाँबाट कर्मचारीलाई विदेश पठाउने र आइएनजिओसँग सम्बन्ध बढाउने काम हुन्छ ।

गगनले सचिवसँग सय दिनको कार्ययोजना माग गरे । तर, तीन महिना पनि नहँुदै मन्त्रालय र विभागका महाशाखा प्रमुख तथा महŒवपूर्ण शाखाका कर्मचारीको व्यापक सरुवा गरे । मन्त्रालय र विभागबाट एमाले भनी चिनिएका कर्मचारीका लागि ‘क्लीन अप’ अभियान नै चलाए । अहिले मन्त्रालयमा सरुवा गर्न नसक्ने हैसियतका दुई र विभागमा जम्मा एकमात्र ‘एमाले’ छन् । ट्रेड युनियन चुनाव मन्त्रालय र विभागमा एमालेनिकट युनियनले ६०÷४० को फरकमा जितेको थियो ।

गगनले देशभरका स्वास्थ्य चौकीमै मृगौला रोगको परीक्षण शुरु गरिएको भने । तर, यो कार्यक्रम एमालेका खगराज अधिकारी मन्त्री हुँदै दुई वर्षअघि शुरु भएको हो । यस वर्षको लागि नियमित रुपमा खरिद गरिएको किटलाई नयाँ कार्यक्रम भने । केपी ओली प्रधानमन्त्री हुँदा सीधै क्याबिनेटबाट पास गराएको मृगौला पीडितको निःशुल्क डायलासिस सेवाबारे सबै जानकार छन् ।

त्यस्तै, ०६८ सालदेखि शुरु भएको आठ रोगको उपचारमा दिइने उपचार खर्चलाई पनि आफैँले शुरु गरेझैँ व्यापक प्रचार चलाएका छन् । अस्पताल तोक्ने र हेरफेर गर्ने अधिकार मन्त्रिपरिषद्सँग मात्रै छ । तर, कुरा नबुझेर गगन आफैँ अस्पताल तोक्ने अधिकारीझैँ बने । ०६८ सालमै तोकिएका अस्पताल आफूले स्वीकृत दिएको भन्दै लिष्ट देखाउन व्यस्त छन् ।

विद्याधर मल्लिक स्वास्थ्यमन्त्री हुँदा ल्याइएको अस्पताल स्थापना तथा स्तरोन्नति मापदण्ड निर्देशिकामा उल्लेखित निजी अस्पतालहरुले १० प्रतिशत शैøया निःशुल्क गर्ने प्रावधानलाई आफैँले शुरु गरेझैँ हल्ला फिँजाएका छन् । गिरिराजमणि पोखरेलको पालामा ल्याइएको अस्पताल फार्मेसी निर्देशिकामा उल्लेख भएझैँ सबै अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने कुरालाई सर्वोच्च अदालतले वाध्यकारी बनाइदिएको छ । तर, आफँैले शुरु गरेझैँ त्यसको जस लिन तल्लिन छन् ।

पत्रकार सम्मेलनमा अस्पताल प्रमुखहरुलाई अन्यत्र काम गर्न नदिने घोषणा गरेका थिए । तर, उनैले नियुक्त गरेका वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) का निर्देशक डा. भूपेन्द्र बस्नेत हेल्पिङ्ग ह्याण्डस्, हिमाललगायतका अस्पतालमा काम गरिरहेका छन् । कुनै पनि केन्द्रीय अस्पतालका निर्देशकले यो कुरालाई मानेका छैनन् ।

बरु, पूर्ववर्ती सरकारमा कमल थापाको पिए बसेका उपसचिव वीरेन्द्र भारतीलाई स्वास्थ्यको कर्मचारी प्रशासनमा लगेर महŒवपूर्ण जिम्मेवारी दिएका छन् । जबकि मन्त्रालयको कप्र हेर्ने मुख्य व्यक्ति सहसचिव हुन्छन् । आफू निकटका सहसचिव नभेटेपछि उपसचिव, त्यो पनि अन्यत्रै दरबन्दी भएकोलाई तीन महिने काजमा ल्याउन बाध्य भएका हुन् । उता, स्वास्थ्य विभागको महानिर्देशकको टुंगो अझै लागेको छैन ।

उद्योग अर्कै उत्पात

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने फेर्न मन्त्री नवीन्द्रराज जोशी सक्रिय छन् । गृहमा रहेका शंकर खरेल वा पर्यटनका घनश्याम उपाध्यायमध्ये एकलाई ल्याउन खोजे । तर, सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी आफ्नै मन्त्रालयमा रहेका दिनेश घिमिरेलाई त्यहाँ पठाउन चाहन्छन् ।

नवीन्द्रले महेश्वरलाई काम गर्न पनि दिएका छैनन् । औद्योगिक प्रबद्र्धन बोर्डको अध्यक्ष मन्त्री र महानिर्देशक सदस्य सचिव हुन्छन् । दर्जन पटक महेश्वरले बैठकको प्रस्ताव लगे, तर मन्त्री बैठक बसाउन चाहँदैनन् । यसले गर्दा थुप्रै नीतिगत एजेन्डा थन्किएर रहेका छन् । नेपाल औषधी लिमिटेडको महाप्रबन्धक माग गरेर हिजो मंगलबारका राष्ट्रिय दैनिकमा विज्ञापन छापिएको छ । तर, यो कुराको टुङ्गो लगाउनुपर्ने औद्योगिक प्रबद्र्धन बोर्डको बैठकचाहिँ बसेको छैन । त्यसमाथि औषधी लिमिटेड वर्षौंदेखि बन्द छ । पुनः सञ्चालनको नीतिगत निर्णय त भएको छ । तर, कामको नाममा सिन्को पनि भाँचिएको छैन ।

टिप्पणीहरू