रात्रिभोजका सारा कुरा छरपष्ट

राष्ट्रपति विद्या भण्डारीद्वारा भारतीय समकक्षीको सम्मानार्थ अघिल्लो बिहीबार सोल्टी होटलमा आयोजित रात्रिभोजको एउटा टेबुलबाट अर्कोमा सारिएका पारिकै एक पाहुनाले सोही साँझ अर्को पाँच तारे होटल ¥याडिसन पुगेर कांग्रेस नेतासमक्ष एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानी छरपष्ट पारिदिएका छन् ।

भारतीय जनता पार्टीका महासचिव राम माधव, शेरबहादुर देउवापत्नी आरजु र परराष्ट्रमन्त्री प्रकाशशरणपत्नी बीनासँग एउटै टेबुलमा थिए । परबाट पूर्वप्रधानमन्त्री ओलीले देखे र आफ्नो टेबुलतिर लिएर गए । त्यहाँ दुई नेताबीच नेपाल–भारत सम्बन्ध, यसबीचका तिक्तता, लोकमानविरुद्धको महाभियोग प्रस्तावबारे सानो स्वरमा खाँदै एक घण्टा अनेक कुरा चले ।

ती सबै कुरा माधवले -याडिसन होटलमा पछि भेला भएका कांग्रेस नेताहरु शशांक र शेखर कोइराला, विमलेन्द्र निधीसामु छरपष्ट पारिदिएका हुन् । उनको भनाइ थियो, ‘मैले त केही भनेको थिइनँ । केपीजीले नै बीचमा क–कसको चलखेलका कारण हामीबीच असमझदारी हुन पुग्यो, अब सम्बन्ध सुधार्नुपर्छ भन्न थाले ।’

टिप्पणीहरू