रातारात जुटे यी राप्तीपारि

सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्तीपारिको दशैं यस वर्ष जुवामय भयो । एक साताभित्र राप्तीपारिको ३÷४ गाविसमा लाखौं रुपैयाँको खेल भएको हो । प्रहरी प्रशासनकै जानकारीमा खुलेआम खेल्न पाइने भएपछि दाङ, नेपालगञ्ज, कोहलपुरबाट ठूलो संख्यामा जुवाडे राप्तीपारि पुगेका हुन् । बैजापुर/बिनौना र फत्तेपुरका विभिन्न स्थानमा खुलेआम जुवा भइरहेको जानकारी पाए पनि प्रहरीले कुनै वास्ता नगरेको स्थानीयको भनाइ छ । बिनौनाको मेला लाग्ने डाँडा, ९ वडा, चिलहरिया, बैजापुरको नयाँ बस्ती अन्धरपुर, खैरहनी, बेलासपुरलगायत स्थानमा ठूलो जुवा चलेको थियो । इलाका प्रहरी कार्यालयका इञ्चार्ज सई देवीलाल घर्तीमगर उक्त चौकीमा बसेको दशक भइसकेकाले स्थानीय स्तरमा केही पनि नगर्ने गरेको स्थानीयको भनाइ छ ।

टिप्पणीहरू