संसद विघटनको मुद्दामा निवेदकहरुको बहस सकिँदै

संसद विघटनको मुद्दामा निवेदकहरुको बहस सकिँदै

प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट आज बहस सकिनेछ । संवैधानिक इजलासले निर्धारण गरेको १२ घण्टाको समयसीमाअनुसार आज निवेदकका तर्फबाट पौने ५ घण्टाको बहसपछि समय सकिनेछ ।

आज रिट निवेदकका तर्फबाट अधिवक्ताहरू मुक्ति प्रधान, श्रीहरि अर्याल, टीकाराम भट्टराई, सुनिल पोखरेल र दिनमणि पोखरलले बहस गर्ने कार्यसूची छ । अस्ति बुधबारदेखि शुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् ।

निवेदकतर्फको बहस सकिएपछि पर्सीदेखि सरकारी पक्षले जवाफी बहस प्रारम्भ गर्नेछ ।

प्रतिनिधिसभा विघटनको मुद्दालाई छिटो टुङ्गोमा पुर्याउन संवैधानिक इजलासमा मुद्दाका दुवै पक्षलाई १५–१५ घण्टाको समय दिइएको छ । विपक्षीको सुरुआती बहस सकिएपछि निवेदकपक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछ ।

त्यस्तै, एमिकस क्युरीका लागि इजलासले दुई घण्टाको समय दिएको छ । एमिकसका तर्फबाट चार जना वरिष्ठ अधिवक्ताहरूले ३० मिनेटका दरले दुई घण्टा बहस गरेपछि रिटमाथिको सम्पूर्ण सुनुवाई सकिनेछ ।

यता, निवेदक र विपक्षीको तर्फबाट कानुन व्यवसायीहरुले बिहीबार बहस नोट बुझाएका छन् । बहस नाेटकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

[pdfjs-viewer url=”https%3A%2F%2Fwww.janaaastha.com%2Fwp-content%2Fuploads%2F2021%2F06%2Fsarkari-bahas-note.pdf” viewer_width=100% viewer_height=800px fullscreen=true download=true print=true]

टिप्पणीहरू