कुन कुन देशमा उडान खुल्न लागे ?

कुन कुन देशमा उडान खुल्न लागे ?

सरकारले निषेधाज्ञालाई हिजोदेखि खुकुलो बनाएपछि नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने र आन्तरिक उडानहरुलाई बिस्तारै खुकुलो बनाउन लागेको छ । सम्भवतः यो साताभित्र उडानमा लगाइएको प्रतिबन्धलाई केही खुकुलो बनाउने तयारी हुनसक्छ ।

सरकारले छिट्टै साउदी अरेबिया, मलेसिया र युएईमा उडान सञ्चालनको तयारी गरेको बताइन्छ । स्रोतका अनुसार अब एअर अरेबियाले सारजाह,जजिरा एअरले साउदी अरेबिया र नेपाल एअरलाइन्सले क्वालालम्पुरको उडान थाल्ने छन् ।

थप तीनवटा रुट खुलेपछि अरु विदेशी एअरलाइन्सले त्यहाँबाट काठमाडौं उडान गर्नसक्ने बताइएको छ । अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान पनि बिस्तारै खुलाउने तयारी गरिएको पर्यटन मन्त्रालय स्रोतले बताएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर आन्तरिक उडान खुकुलो गर्ने निर्णय एक दुई दिनमा आउनसक्ने बताइएको छ । आन्तरिक उडान सबै एकैचोटी खुल्ने सम्भावना भने कम छ ।

टिप्पणीहरू