नरोत्तमको बिरोध गर्ने ४ विद्यार्थी नेता पक्राउ

नरोत्तमको बिरोध गर्ने ४ विद्यार्थी नेता पक्राउ

बाग्मती प्रदेशसभामा नेपाली काँग्रेसका सभासद् नरोत्तम वैद्यले हिजो प्रदेशसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भारतका महात्मा गान्धीको झैँ हत्या गर्नुपर्ने बताएपछि सर्वत्र बिरोध शुरु भएको छ । वैद्यले आज बिहान आज बिहान आफूले आवेशमा आएर उक्त कुरा बोलेको भन्दै माफी मागे पनि बिरोधको क्रम बढेको छ ।

आज काठमाडौंको लैनचौरस्थित अस्कल क्याम्पसको अनेरास्ववियुले इकाइ समितिले वैद्यको अभिव्यक्तीविरुद्ध प्रर्दशन गरेको छ । वैद्यको अभिव्यक्ती अत्यन्त निन्दनीय र खेदजनक भएको उल्लेख गर्दै प्रदर्शनमा उत्रेका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटिका संयोजक कमल जोशी समेत छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई हाल महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको बताइएको छ ।

उता, एमाले अखिलका सभापति अएन महरले वैद्यको अभिव्यक्तीलाई लिएर गृह मन्त्रालयको ध्यानाकर्षण गराउन आज दिउँसो पत्रकार भेटघाटको आयोजना गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् ‘वैद्यले दिएको खुलेआम धम्कीको विषयमा नरोत्तम वैद्य उर्फ नाथुराम गोड्सेलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउने’ भन्दै दिउँसो ३ बजे पत्रकारलाई उपस्थितिको आग्रह गरेका थिए ।

टिप्पणीहरू