प्रहरी हाकिमको वाकिटाकीमा बच्चीको टिकटक

प्रहरी हाकिमको वाकिटाकीमा बच्चीको टिकटक

नेपाल प्रहरीले प्रयोग गर्ने संचार सेट (वाकिटकी) बालबालिकालाई टिकटक बनाउनमा दुरुपयोग हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुद्दाफाँटमा कार्यरत प्रहरी निरीक्षक कनक शाहीले बालिकालाई वाकीटकी समाउन लगाएर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गरेका हुन् ।

नेपाल प्रहरीलेका विभिन्न पोशाक,सामाग्रीको प्रयोग गरेर चलचित्र,सांगीतिक भिडियो, टिकटक भिडियो,फेसबुक पोष्ट गर्नेजस्ता क्रियाकलाप अनुमति बिना नगर्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले यसअघि नै सार्वजनिक अपिल गरेको थियो ।

त्यसको उल्लंघन गर्दै निरीक्षक शाहीले बालबालिकाको हातमा सेट समाउन लगाएर आफ्नै फेसबुक स्टोरीमा फोटो पोष्ट गरेका हुन् ।

मुद्दा फाँटका अनुसन्धान अधिकृतको हातमा हुने संचार सेट जस्तो संवेदनशील सामग्री बालबालिकाको हातमा दिँदा मातहतका प्रहरी अधिकारीलाई संवादमा अवरोध हुने प्रहरीको भनाई छ ।

प्रहरी प्रधान कार्यालयले यस्ता क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा त्यसअवधिमै स्पष्ट पारिसकेको छ ।

टिप्पणीहरू